जनकपुरधाम ।
३ छोराछोरी सहित एकजना महिलाले धनुषामा विष सेवन गरेका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा भएको सो घटनामा ३ जना छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ३० वर्षीया पविता साह गम्भीर अवस्थामा प्रादेसिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका छन् ।
यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएका छ ।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।
राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरायसी विवादमा पविताले तीनै छोराछोरी सहित विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।