जनकपुरधाम ।
जनकपुरधामको ऐतिहासिक गंगासागरको पूर्वतर्फको घाटमा निर्माण भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवनको अदालतवाट रोक लगाएपछि मधेश प्रदेशका निति आयोगका उपाध्यक्ष सोहन साहले समाजिक सञ्जालमा लामो स्टेटस लेखेका छन् ।
जनकपुर अपडेट भनेर लेखेका सो स्टेटसमा उल्लेख रहेको छ – जे हुन्छ, राम्रैको लागि हुन्छ भन्ने कुरोमा विस्वास राख्छु । जनकपुरको गंगा सागर डिलमा भैरहेको निर्माण र उच्च अदालतको अन्तरिम आदेशले रोक लगाए पनि अन्तोगत्वा केही रोचक बहसलाई अग्रसर गर्छ होला ।
केही बहस यस्तो होला भनेर ६ बुन्दामा आफ्ना धारणा राखेका छन् । यो विवादले एउटा राम्रो कुरो जनकपुरमा भएको छ । उच्च अदालतको निर्णय अनुसार, सार्वजनिक पोखरी जलाशयको डिलबाट ५ मिटर छाडी भवन निर्माण गर्नु पर्ने मापदण्ड जस्तै उल्लेख भएको छ । जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ, इमानदारीको साथ, यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो । कमसे कम गंगा सागर÷धनुषसागर डिलमा रहेको संरचनाहरुको पनि पुनर्जागरण होस् ।
यदि राम नारायण मिश्रको स्मारक बनाउन सक्नु हुन्न भने अदालतको निर्णयलाई पुरै जनकपुरमा लागू गर्ने र जनकपुरको सार्वजनिक जलाशय उधार गर्ने सुनौलो अवसर हो यो उहाँले उल्लेख गरेका छन् ।
उहाँले स्टेट्सको माध्यमले सचेत पनि गराएका छन् – डर कहाँ लागेको छ, गंगा सागर डिलमा सुरु गरेको निर्माण न त बन्ला, न त पहिलेको जस्तै यथास्थितिमा आउने हो । खनेको जुन खाल्डो छ, आउने असार महिनासम्म त्यहाँ अर्को सानो पोखरीको रुपमा परिणत नहोला भन्न सकिन्न ।
सामाजिक सञ्जालमा उपाध्यक्ष साह निरन्तर लेखछन् तर सबै स्टेट्स जस्तै यसमा पनि लेखेका छन् – यो विचार जनकपुरवासीको हैसियतले मेरो निजि विचार हो ।