Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव





एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध छेडिएयता पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ताको प्रस्ताव गरेका छन् । यसअघि पुटिनले इस्टरको अवसरमा एकदिने एकपक्षीय युद्धविरामको घोषणा गरेका थिए । दोस्रो पटक उनले युद्ध रोक्ने प्रस्ताव गरेका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । राति रेकर्ड गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले युक्रेन नागरिकहरूमाथि आक्रमण रोक्न सकारात्मक कदम हुने युद्धविरामको बारे कुनै पनि वार्ताको लागि तयार रहेको कुरामा जोड दिए ।
पुटिन र जेलेन्स्की दुवैलाई वार्ताको टेबलमा आउन अमेरिकाले दबाब दिँदै आएको छ । दुई देश शान्ति उपायहरूमा अगाडि बढेनन भने अमेरिका यो प्रयासबाट पछि हट्ने धम्की ट्रम्पले दिएका थिए । गत सप्ताहन्तमा मस्कोले घोषणा गरेको ३० घण्टाको इस्टर युद्धविरामपछि रुस र युक्रेनले थप युद्धविरामको लागि तयार रहेको बताएका थिए । तर, दुवै पक्षले एकअर्कालाई यसको उल्लंघन गरेको आरोप लगाए ।
बुधबार लन्डनमा अमेरिका र युरोपेली देशहरूसँग युक्रेन वार्ता बस्दैछ । यो छलफल गत हप्ता पेरिसमा भएको बैठकपछि भएको हो । सो बैठकमा अमेरिका र युरोपेली देशहरूले तीन वर्षभन्दा पुरानो युद्ध अन्त्य गर्ने तरिकाहरूबारे छलफल गरेका थिए ।
एकतर्फी रूपमा घोषणा गरिएको इस्टर युद्धविरामपछि लडाइँ पुनः सुरु भएको रुसका सरकारी टिभी रिपोर्टरसँग कुरा गर्दै पुटिनले शनिबार बताएका थिए । रुस कुनै पनि शान्ति पहलका लागि खुला रहेको र युक्रेनबाट पनि त्यस्तै अपेक्षा गरेको उनको भनाइ थियो ।
‘हामीले सधैं यस बारेमा कुरा गरेका छौं कि कुनै पनि शान्ति पहलप्रति हाम्रो सकारात्मक दृष्टिकोण छ । हामी आशा गर्छौं कि युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसुस गर्नेछन्’ पुटिनले सरकारी टिभी रिपोर्टर पावेल जारुबिनलाई भने ।
नागरिक बस्ने स्थानमा आक्रमण नगर्ने विषयमा छलफल गर्न सम्भव छ भनेर राष्ट्रपतिले भनेका छन् भने उनले युक्रेनी पक्षसँग वार्ता र छलफल गर्ने कुरालाई ध्यानमा राखेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताए ।
२०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि व्यापक आक्रमण सुरु गरेपछिका सुरुवाती हप्ताहरूदेखि दुवै पक्षबिच प्रत्यक्ष वार्ता भएको छैन । नागरिक लक्ष्यहरूमा आक्रमण रोक्ने आफ्नो प्रस्तावमा अडिग भएको र यो प्राप्त गर्न कुनै पनि प्रकारको छलफलको लागि आफू तयार रहेको आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा जेलेन्स्कीले भनेका थिए । यसअघि अमेरिका र युक्रेनले यसलाई ३० दिने युद्धविरामको रूपमा तयार पारेका थिए ।