Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पुरी शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै धर्म, अध्यात्म र राष्ट्र विषयक विचार गोष्ठी देवडीहामा सम्पन्न





जनकपुरधाम ।
पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीको आगमनलाई केन्द्रित गर्दै धर्म, अध्यात्म र राष्ट्र विषयक विचार गोष्ठी धनुषाको नगराइन नगरपालिकाको देवडीहामा सम्पन्न भएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा भएको उक्त कार्यक्रममा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिको पनि उपस्थिति रहेको थियो । गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गर्नुभयो। उहाँले आफ्नो मन्तव्यमा शंकराचार्यजीलाई देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता (कलकत्ता हाईकोर्ट) तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा हुनुहुन्थ्यो । उहाँले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गर्नुभयो ।
विशेष अतिथिका रुपमा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले यो धरतीमा शंकराचार्यको आगमन हुने खबरले चारैतिर खुशीयाली छाएको छ । नेपाल–भारत खुला सभाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै उहाँले खुला सीमालाई पूर्णले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ ।
समारोहमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, सुभाष झा लगायतको उपस्थित रहेको थियो ।