

सुजीतकुमार झा
जनकपुरधाम ।
वीजडम ट्री इन्टरनेशनल स्कूल जनकपुरधामका सञ्चालक गौतम अग्रवालले शिक्षाको दृष्टिले जनकपुरधाम संभावनाले भरिएको बताउनु भएको छ । अधिकांश विद्यालयमा राम्रो पढाइ भइरहेको छ तर जहिले पनि नकारात्मक छबी बनाएर यहाँको स्थिति बिगार्ने प्रयास गरिन्छ बताउँदै उहाँले भन्नुभयो – एक दूई वर्ष यता यहाँको पढाइ देखेर अभिभावक र विद्यार्थी दूबै कन्भिन्स भइरहेको छ ।
मोडेल खबरसँग करा गर्दै अग्रवालले काठमाडौ भन्दा जनकपुरधामको शिक्षक राम्रा छन् बताउनुभयो । काठमाडौको शिक्षक राम्रा छन् यो गलत प्रचार रहेको छ । त्यहाँ पनि राम्रो छ यसको अर्थ यो नबुझनुस जनकपुरधामको खराब रहेको छ । पहिला भन्दा धेरै कुरोमा परिवर्तन आइसक्यो ।
काठमाडौ भन्दा कम प्रदूषण यहाँ रहेको छ, अभिभावकको नजिक पनि विद्यार्थी रहन सक्छ यस्तो अवस्थामा विद्यार्थी बाहिर किन जान्छ । उच्च शिक्षाका लागि गए हुन्छ तर अरु पढाइमा जनकपुरधाम कमजोर छैन उहाँको कथन रहेको छ ।
जनकपुरधाममा समस्या छन् ती समस्यालाई स्थानीय तहले इमान्दारिता देखायो भने समस्या समाधान भइहाल्छ एक प्रश्नको जबाफमा उहाँले बताउनुभयो ।
वीजडम ट्री इन्टरनेशनल स्कूल सञ्चालन गर्नुको एक वर्षको अनुभव, शिक्षा क्षेत्रमा बढी आम्दानी देखेर लाग्नु भएको ? ज्ञानदा इन्टरनेशनल स्कूल छोडनुका कारण लगायत विभिन्न विषयमा गौतमसँग गरिएको कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न एवं सुन्न सकिन्छ ।

