Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राप्रपाको आन्दोलनका कारण शिक्षकहरुको आजको प्रदर्शन दुई घण्टामै समाप्त





काठमाडौं ।
शिक्षक प्रदर्शनमा राजावादी घुसपैठ हुन सक्नेभएपछि आइतबार शिक्षकहरूले १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन् ।
राजावादी आन्दोलनका कारण १९ दिनदेखि जारी शिक्षकहरूको आइतबारको प्रदर्शन प्रभावित भएको छ । माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।
आइतबार राप्रपाले त्यही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि बिहान ९ बजेदेखि १२ बजेसम्मका समयावधि तोकिएको थियो । तर राजावादी आन्दोलनका कारण घुसपैठ हुन सक्ने भन्दै ११ नबज्दै १९औं दिनको आन्दोलनका कार्यक्रम सकेका हुन् ।
शिक्षकहरूले युनिफर्म र आईडी कार्ड अनिवार्य लगाउनुपर्ने उर्दी गरेका थिए । सोमबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित प्रदर्शन हुनेछ ।
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित १९ दिनदेखि माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन् ।