


जनकपुरधाम ।
मैथिली विकास कोषको आयोजनामा प्रत्येक महिना जनकपुरधाममा हुने कथा गोष्ठी आज सम्पन्न भएको छ । महिनाको पहिलो शनिवार हुने कथा गोष्ठीमा बैशाख महिनामा प्रथम धीर सिंह, द्वितिय कुशल झा र तृतीय अभिराज साह भएका छन् ।
रामानन्द चोक स्थित सीता प्यालेलमा भएको सो गोष्ठीमा अभिराज साह, कुशल झा, धीर सिंह, सुजीतकुमार झा, अनित कुमार कर्ण लगायतले कथाबाचन गरेका थिए ।
विजेता कथाकारहरुलाई पत्रकार एवं कथा गोष्ठीका संयोजक सुजीतकुमार झाले पुरस्कार वितरण गरेका छन् ।
कार्यक्रमको अध्यक्षता छात्र अनिष मण्डलले गरेका थिए ।

