

काठमाडौं ।
आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको यात्रा रोकिएको छ । अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।
काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।
