Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बैंगलोरलाई पराजित गर्दै पंजाब उक्लियो दोस्रो स्थानमा





काठमाडौं ।
पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको हो ।
वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए ।
बेंगलुरुका जोश हेजलवूडले ३ ओभरमा १३ रन दिएर ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । भुवनेश्वर कुमारले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए ।
पञ्जाबका मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २–२ विकेट लिँदा जेभियर बार्टलेटले १ विकेट लिए ।
यस जितपछि ७ खेलमा १० अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।