

काठमाडौं ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।
हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए ।
हैदराबादका कप्तान प्याट कमिन्सले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । इशान मलिङ्गाले २ तथा राहुल चहरले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए भने हेनरिच क्लासेनले ३७ रन बनाए । ट्राभिस हेडले २८ रनको योगदान दिए ।
