Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ

‘मेरो जमीनमा मैले के बनाउने यो अधिकार कसैले खोस्न सक्दैनन्’





सुजीतकुमार झा
जनकपुरधाम ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता एवं मिश्र परिवारसँग आबद्ध रमण पाण्डेयले जनकपुरधामको ऐतिहासिक गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ बताउनुभयो । मोडेल खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो – मेरो जमीनमा मैले के बनाउने यो अधिकार कसैले खोस्न सक्दैनन् ।
जसलाई रामनारायण मिश्रको विषयमा थाहा छैन उहाँले प्रजातान्त्रिक आन्दोलन र मधेशका लागि के गर्नु भएको छ थाहा नभएकाहरुले यस्ता हल्ला गरिरहेका छन् । उहाँले जनकपुरधामका लागि जचुकालि स्थापना गरी यो क्षेत्रको विकासमा महत्वपूर्ण कार्य गर्नु भएको चर्चा गर्नुभयो ।
जनकपुरधाममा सयौ व्यक्ति पोखरी र मन्दिरको जग्गा कब्जा गरी घर बनाएको कसैसँग लुकेको छैन ती व्यक्तिको पर्दाफास गर्नु पर्छ उहाँले अगाडी बताउनुभयो ।
स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माणको जनकपुरधाममा भइरहेको विरोधलाई पिपराबासीले कुन रुपमा लिइरहेको छ ? लगायत स्मृति भवनसँग जोडिएर रमण पाण्डेयसँग लिएको अन्तरवार्ता मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केही बेरमा प्रशारण हुनेछ । हेर्न एवं सुन्नु होला ।