Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना





काठमाडौँ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने बताए । ‘शिक्षकहरू नै नभएपछि परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ ? अहिलेसम्म उहाँहरूको समस्या समाधान भएर परीक्षामा आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ,’ अध्यक्ष शर्माले भने ।
तोकिएको मितिमा परीक्षा सञ्चालन नभएको खण्डमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने उनको भनाइ छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शैक्षिक क्यालेन्डरमा असर पर्ने बताउँदै उनले चाँडै समस्याको समाधान भएर काममा फर्किनेमा बोर्ड आशावादी छ ।
शिक्षकहरू परीक्षामा सहभागी हुने वा नहुनेमा अन्योल भइरहेका बेला बोर्डले भने आन्तरिक तयारी अगाडि बढाएको छ । आन्तरिक तयारी बोर्डले गरिरहे पनि तोकिएको मितिबाट परीक्षा हुने वा नहुनेमा बोर्ड नै अन्यौलता देखिएको छ ।
बोर्डले परीक्षामा सहभागी हुन शिक्षकहरू अनुरोध समेत गरेको छ । एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न अनुरोध गरेको हो ।
आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई आत्मसात् गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा खटिन शिक्षकहरूमा अनुरोध गरेको हो ।