Breaking 
उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा





काठमाडौँ ।
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह–महामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पु¥याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।
‘अघिल्लो बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो । त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले भने, ‘विधायिकी भूमिकामा अझै बढी केन्द्रित हुनका लागि यताको भूमिकाबाट उहाँले छुट्टी लिनुभएको हो, यो पोजेटिभ हो ।’
प्रधानमन्त्री प्रधानमन्त्रीको पनि भूमिका र सबै विश्वविद्यालयको उपकुलपति समेत भएर बस्ने अवस्थामा उनले सरकार र विश्वविद्यालय दुवै राम्रो चलाउन नसकेको अवस्थामा सुमनाले उदाहरण प्रस्तुत गरेको झाको भनाइ छ । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको पार्टी पुनर्संरचनाको पहलमा अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् ।
‘अरू पदाधिकारी र केही विभागीय प्रमुखले पनि यस्तो तयारी गरेका छन्’, स्रोतले भन्यो, ‘अरू को को हुन् भन्ने चाहिँ केन्द्रीय समिति बैठकपछि मात्र थाहा होला ।’