Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा





काठमाडौँ ।
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह–महामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पु¥याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।
‘अघिल्लो बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो । त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले भने, ‘विधायिकी भूमिकामा अझै बढी केन्द्रित हुनका लागि यताको भूमिकाबाट उहाँले छुट्टी लिनुभएको हो, यो पोजेटिभ हो ।’
प्रधानमन्त्री प्रधानमन्त्रीको पनि भूमिका र सबै विश्वविद्यालयको उपकुलपति समेत भएर बस्ने अवस्थामा उनले सरकार र विश्वविद्यालय दुवै राम्रो चलाउन नसकेको अवस्थामा सुमनाले उदाहरण प्रस्तुत गरेको झाको भनाइ छ । रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको पार्टी पुनर्संरचनाको पहलमा अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् ।
‘अरू पदाधिकारी र केही विभागीय प्रमुखले पनि यस्तो तयारी गरेका छन्’, स्रोतले भन्यो, ‘अरू को को हुन् भन्ने चाहिँ केन्द्रीय समिति बैठकपछि मात्र थाहा होला ।’