Breaking 
उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ





एजेन्सी ।
वैज्ञानिकहरूले भारतको भौगर्भिक भविष्यबारे चिन्ताजनक चेतावनी जारी गरेका छन् । भारतीय प्लेट अब दुई भागमा विभाजित हुँदैछ भनेर भूगर्भविद्हरूले संकेत गरेका छन् । यसले भविष्यमा देशमा भूकम्पको सम्भावना बढाउन सक्ने बताइएको छ ।
अमेरिकाको जियोफिजिकल युनियनमा यससम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन छापिएको पनि छ । यसमा भारतीय प्लेट अब ‘डिलेमिनेशन’ नामक नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको बताइएको छ ।
डिलेमिनेशन एक भूगर्भीय प्रक्रिया हो, जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा छिर्छ । यस अवधिमा प्लेट भित्र ठाडा दरारहरू उत्पन्न हुन्छन् । जसले यसको स्थिरतालाई असर गर्न सक्छ । यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढाउन सक्छ । विगत ६ करोड वर्षदेखि युरेशियन प्लेटसँग ठोक्किँदै आएको भारतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको वैज्ञानिकहरूको विश्वास छ ।
यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ । तिब्बती झरनाहरूमा भूकम्पीय तरङ्गहरू र हेलियम आइसोटोपहरूको विश्लेषण गरेपछि आफूहरू यो निष्कर्षमा पुगेको दाबी वैज्ञानिकहरूले गरेका छन् । यस क्रममा इन्डियन प्लेटभित्र एउटा ठाडो दरार भेटिएको थियो । यसबारे पहिला वैज्ञानिकहरूलाई थाहा थिएन ।
‘महादेशहरूले यस्तो खालका व्यवहार गर्न सक्छन् भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । यो पृथ्वी विज्ञानको लागि निकै मौलिक खोज हो,’ युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन् ।
यो खोजले यो कुरालाई प्रमाणीत गरिदिएको छ कि प्लेटको सतहको मोटाई र विशेषताहरू अलग अलग त हुन सक्छन् नै यसले टेक्टोनिक परिवर्तनहरूलाई असर गर्ने आन्तरिक प्रक्रियाहरू पनि धेरै छिटो परिवर्तन गर्न सक्छ भनेर उनले भनेका छन् । यो कुरा बुझ्न अत्यन्तै गाह्रो भएको पनि उनले बताए ।