

सुजीतकुमार झा
जनकपुरधाम ।
जनकपुरधामको ऐतिहासिक गंगासागरको पूर्व तर्फको घाटमा निर्माण भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवनको विषय अहिले निकै चर्चामा रहेको छ । कसैले बनाउने कुरो गरिरहनु भएको छ भने कसैले बनाउने कार्यको विरोधमा ।
व्यापारी नेता जीतेन्द्रप्रसाद साह भन्नुहुन्छ – गंगासागरमा स्व.रामनारायण मिश्र स्मृति भवन बनाउनुको औचित्व म देख्दिन, धार्मिक स्थललाई धार्मिकै राख्नुपर्छ ।
‘रामनारायण मिश्रको योगदान मलाई थाहा छ उहाँको नाउँमा निर्माण भइरहेको भौतिक संरचनालाई सानो ठाउँमा फेरी चारैतिरबाट विरोध भइरहेको ठाउँमा राख्दा उहाँलाई शान्ति भेटाउँदैन,’ उहाँले बताउनु भयो ।
जनकपुरधाम आउने पर्यटक मात्रै जानकी मन्दिर र राम मन्दिरको दर्शन गर्दैन अरु ऐतिहासिक स्थल घुम्न चाहन्छन् त्यो स्थानलाई खूम्च्याउनुका साटो दर्शनीय स्थल बनाउनु पर्छ उहाँको कथन थियो ।
एक प्रश्नको जबाफमा नेता साहले भन्नुभयो – मलाइ थाहा छ सयौ कांग्रेसी यसको विरोधमा छ तर नेताको डरले बोली रहेको छैन । अहिले जो बोलीरहेको छैन भोली पछताउँछन्, त्यो पछताउने म गल्ती गर्दिन ।
जीतेन्द्र अहिले कुन पार्टीमा हुनुहुन्छ, गंगासागरलाई कस्तो बनाउनु पर्छ, गंगा सागर र धनुष सागरमा केही वर्ष यता बनेको संरचनालाई के गर्नुपर्छ सहित दर्जनो प्रश्नको खुलेर उत्तर दिनुभयो । उहाँसँगको कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabarमा हेर्न एवं सुन्न सकिन्छ ।

