Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ढल्केवर ग्रिडमा आगलागी हुँदा, धनुषा महोत्तरीको विधुत सेवा अवरुद्ध

आज साँझसम्म लाइन सुचारु हुनेः विद्युत प्रादेसिक कार्यालयका प्रमुख कुसियैत





सुजीतकुमार झा
जनकपुरधाम ।
नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडको विभिन्न उपकरणमा आगलागी हुँदा आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । शुरुमा सर्लाही जिल्लाको पनि विद्युत अवरुद्ध भएको थियो तर त्यहाँ मरम्मत गरी अर्को फिडबाट लाइन सुचारु भएको जानकारी नेपाल विद्युत प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख शम्भु कुसियैतले मोडेल खबरलाई दिएका छन् । ढल्केवर ग्रिडमा मरम्मत कार्य बिहान साढे ८ बजेदेखि भइरहेकोले आज साँझसम्म दूबै जिल्लामा लाइन सुचारु हुने उहाँले जानकारी दिनुभयो ।
आज बिहान साढे ७ बजे ढल्केवर ग्रिडमा केबुल, ब्रेकर, mसिटी लगायत विभिन्न उपकरणमा विद्युत सर्ट भइ आगलागी भएको छ ।
आगलागी एक घण्टामै नियन्त्रणमा आएको थियो । प्राधिकरणको प्रादेसिक कार्यालय प्रमुख कुशियैतका अनुसार आगो नियन्त्रणमा आउना साथ सरम्मत कार्य शुरु गरिएको छ ।