Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलिङमा पंजाबले कमब्याक गरेपछि आइपीएलमा कीर्तिमानी जित





एजेन्सी ।
फितलो ब्याटिङका बाबजुद बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको योगफल डिफेन्ड गर्दै पञ्जाब १६ रनले विजयी हुँदै चौथो जित पनि दर्ता गरेको छ । यो आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल हो ।
११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमा अलआउट भयो । अंकृश रघुवंशीले सर्वाधिक ३७ तथा कप्तान अजिन्क्या रहाने र आन्द्रे रसलले समान १७ रन बनाए ।
सुरुवाती ७ रन जोड्दा २ विकेट गुमाएकको कोलकाताले त्यसपछि साझेदारी बढाएर कुनै समय ६८–२ को सहज अवस्थामा रहेको भएपनि त्यसपछि निरन्तर विकेट गुमायो । पञ्जाबका बलरले शानदार कमब्याक गर्दै चमत्कारिक जित दिलाए ।
युजभेन्द्र चहलले ४ ओभरमा २८ रन दिएर ४ विकेट लिए । मार्को यानसेनले ३.१ ओभरमा १७ रन दिएर ३ विकेट लिए । ग्लेन म्याक्सवेल, अर्शदीप सिंह र जेभियर बार्टलेटले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमा अलआउट हुँदै १११ रन बनाएको थियो । प्रभसिमरन सिंहले सर्वाधिक ३० रन बनाउँदा प्रियान्श आर्याले २२ रन बनाए । शशांक सिंहले १८ रन बनाए ।
कोलकाताका हर्शित रानाले ३ विकेट लिँदा वरुण चक्रवर्ती र सुनिल नरायनले २–२ तथा वैभव अरोरा र एनरिच नोत्र्जेले १–१ विकेट लिए ।
यस जितसँगै ६ खेलमा ८ अंक जोडेको पञ्जाब अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ७ खेलमा ६ अंक मात्र भएको कोलकाता छैटौं स्थानमा छ ।