Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कक्षा १२को परीक्षा तथा विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको चेतावनी





काठमाडौँ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ ।
यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।
सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।
शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तर पुस्तिका परीक्षणको काम पनि सुरु हुन सकेको छैन ।
सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।
यस्तै महासङ्घले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन अपील गरेको छ ।
महासङ्घले विद्यालय शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनमा समर्थन र सहभागिताका लागि विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ÷नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसँग अनुरोध समेत गरेको छ ।
दुईपटकसम्म शिक्षा मन्त्रालयसँग वार्ता र संवादमा बस्दा पनि माग पूरा गराउन सरकार गम्भीर नदेखिएकाले आन्दोलनलाई थप चर्काउन बाध्य भएको महासंघले जनाएको छ ।