

सुजीतकुमार झा
जनकपुरधाम ।
प्याबसनका केन्द्रिय सदस्य विश्वलाल सिंहले शिक्षा र संस्कार दूबैलाई सँग–सँग बढाउनु पर्छ बताउनुभयो । विद्यार्थीलाई पढन दबाब दिएर मात्र उसको सम्पूर्ण व्यक्तित्व निर्माण हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो – राज्यको नीतिले नैतिक शिक्षामा असर परेको छ ।
मोडेल खबरको चर्चा शैक्षिक हबकेँ मा कुरा गर्दै केन्द्रिय सदस्य सिंहले भनुभयो – जनकपुरधाम उर्जाले भरिएको स्थान छन् तर सही निर्देशन भेटिएन भने त्यो उर्जालाई गोलमा पुग्ने खतरा हुन्छ । न्यू भिजन आवासीय माध्यमिक विद्यालयका सञ्चालक समेत रहेका सिंहले जनकपुरधामलाई शेक्षिक हब बनाउन प्याब्सन, एनप्याब्सन, हिसान सहित स्थानीय अभिभावक नागरिक समाज सबै लागेको बताउनुभयो ।
परीक्षामा चोरी रोक्ने भुनौति रहेको छ जसका लागि एसइइका परीक्षाले एउटा दिशानिर्देशन पनि दिइसकेको छ, अब चोरी होइन पढाइले मात्रै उतीर्ण हुन सकिन्छ उहाँले बताउनुभयो । राराब क्याम्पस चोरीको अड्डा बनेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
विश्वलाल सिंहसँग लामो कुराकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।

