Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षक महासंघले सरकारसँग आज वार्ता गर्दै





काठमाडौं ।

आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने बताएको छ ।

बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन ।

दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।  महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । ‘संवाद र आन्दोलन सँगसँगै जान्छ । हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।

महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ । ‘सरकार जो सुकैको होस् ,सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस्  भन्ने चाहना राख्छन् । हामी त्यही सोच र  व्यवहार विरुद्ध  लडिरहेका छौं’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन  सबै आन्दोलनकारी शिक्षs-कर्मचारी साथीलाई आग्रह गर्दछौं, ‘म शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै  आएका छन् ।’