Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको राराब क्याम्पसमा फेरी विवाद, चैत २८ गतेदेखि प्राध्यापकहरुले क्याम्पस ठप्प पार्ने

क्याम्पस प्रमुखमा प्रा.डा.बसन्त कुमार कर्ण आएपछि क्याम्पसको विभाग शिक्षण समितिमा विवाद सिर्जना भएको प्राध्यापक संघको आरोप





जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामलाई चैत २८ गतेदेखि ठप्प पार्ने त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस एकाई समितिले घोषणा गरेको छ ।
निर्वतमान क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादलाई जेल सजायमा बस्नुपर्ने अवस्था रहेको देखिन्छ । निज प्रसाद क्याम्पस प्रमुखको पदमा रहँदा पदीय दायित्व निर्वाह गर्ने क्रममा परेको मुद्दामा सम्मानित उच्च अदालत जनकपुरधामले उँहालाई क्याम्पस प्रमुखको हैसियतले दोषी देखाई उहाँको विपक्षमा फैसला गरेको छ । उक्त फैसला अनुसार केहि आंशिक शिक्षकहरुको तलब भुक्तानी तोकिएको २ महिना हुने समय सीमा भित्र क्याम्पसले नगरेमा तत्कालिन क्याम्पस प्रमुखले सजाय भोग्नु पर्ने छ ।
यस कुराको सवेदनशिलता लाई मध्ये नजर गरि र निवर्तमान क्याम्पस प्रमुखको पदको तथा प्राध्यापकको गरिमालाई ख्याल गरि, त्रि.वि.रजिष्ट्रार कार्यालयले वर्तमान क्याम्पस प्रमुख प्रा.डा.बसन्त कुमार कर्णलाई अदालतको निर्णय लाई उच्च प्राथमितामा राखि उक्त आंशिक शिक्षकहरुलाई अविलम्व भुक्तानी गरि, त्रि.वि.रजिष्ट्रार कार्यालय, सम्मानित उच्च अदालत र नि.क्याम्पस प्रमुखलाई जानकारी गराउनेका लागि पत्र मार्फत स्पष्ट निर्देशन दिएको छ । तर वर्तमान क्याम्पस प्रमुखले उक्त निर्देशनलाई पालना नगरी नि.क्याम्पस प्रमुख लाई सजाय दिलाउनकै लागि रजिष्ट्रार कार्यालयको पत्रलाई पनि अवेहलना गदै आलटाल गदै आउनु भएको छ ।
२ महिनाको समय सीमा पार गर्न अव केही दिन मात्र बाँकी रहेकोले अवस्थाको संवेदनशिलतालाई बुझि यस सम्वन्धी छलफल गरि भुक्तानी तर्फ कार्य अगाडी बढाउनका लागि आग्रह गर्न प्राध्यापक संघका सभापति मुक्तिनाथ साह र सचिव डा. शिवेन्द्रलाभ कर्णका नाताले भेट गर्न खौज्दा भेट नदिने, फोन गर्दा फोन समेत नउठाउने र क्याम्पसमा समेत नआई घरमै बसी क्याम्पसलाई अस्तवेस्त गर्ने प्रवृतिलाई प्राध्यापक संघले कडा विरोध गर्दै खेद प्रकट पनि गरेको छ ।
चैत २७ गते सम्म हामीसँग समन्वय गरि भुक्तानीको प्रक्रिया अगाडि न बढाएमा चैत २८ गतेदेखि क्याम्पस ठप्प पारी अन्दोलन गर्ने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

डा. कर्ण क्याम्पस प्रमुख भएपछि प्रायः सवै विभाग र शिक्षण समितिहरुमा विवाद सिर्जना भएको आरोप पनि सो विज्ञप्ति मार्फत लगाइएको छ ।
कर्मचारी कर्मचारी बिच वैमनश्यता बढेर आज सम्म नघटेको घटना घटी त्रि.वि. उपकुलपतिको कार्यालय बाट गठन गरिएको छानविन समितिले उक्त घटनाको छानविन गर्दैछ भने अर्को तिर यस रा.रा.व क्याम्पसको क्याम्पस प्रमुख र चुनाव आायोगको कार्यालयमा महिनौ देखि तालाबन्दी भई स्ववियुको निर्वाचन समेत हुन न सकेको अवस्था छ विज्ञप्तिमा उल्लेख रहेको छ ।