Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री र सभामुख बाहेक कसैसंग वार्ता नगर्ने शिक्षकहरुको अडान





काठमाडौँ ।
आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका हुन् । यद्यपि यो विषयमा भने औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
शिक्षकहरूले अनौपचारिक छलफलको क्रममा प्रधानमन्त्री वा सभामुखसँग वार्तामा बस्न सकिने बताएका हुन् । नेपाल शिक्षक महासङ्घका सल्लाहकार, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरूले उक्त सुझाव दिएका छन् । उनीहरूको सुझावका आधारमा महासङ्घले प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्ने मनसाय बनाएको हो ।
महासङ्घका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले वार्ताका लागि कुनै छलफल नभएको बताइन । तर, पूर्वअध्यक्ष तथा सल्लाहकारबाट प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्न सकिने सुझाव दिएको बताइन् । उक्त सुझावका विषयमा महासङ्घमा कुनै छलफल समेत नभएको उनको भनाइ छ ।
आन्दोलनरत शिक्षक कर्मचारीहरूले भने वार्ताको नाममा कुनै सहमति गरिएको खण्डमा शिक्षक नेताहरूलाई बाँकी नराख्ने चेतावनी दिँदै आएका छन् । उनीहरूले विगतमा पटक पटक आन्दोलन र सहमति हुँदै आएको बताउँदै उनीहरूले यो पटक ऐन जारी नहुँदासम्म वार्तामा बस्न नहुने भन्दै नेतृत्वलाई सचेत गराउँदै आएका छन् ।