Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

के महेन्द्र सिंह धोनी आइपीएलबाट सन्यास लिन लागेका हुन् ?





एजेन्सी ।
भारतको बहुचर्चित टी–ट्वान्टी क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी १८औँ संस्करणका सर्वाधिक लोकप्रिय खेलाडी मध्येमा पर्छन्, महेन्द्रसिंह धोनी ।
जारी संस्करणमा चेन्नईको खेल हेर्दा धोनीको भविष्यमाथि भने प्रश्न उठिरहेको छ । आईपीएलको १८औँ संस्करणमा धोनीले बिजुलीको गतिमा जसरी दुईपटक ‘स्टम्प’ गरे, त्यसको चर्चा पनि धेरै नै भयो ।
चेन्नई सुपर किङ्स (सीएसके)का लागि खेल्दै आएका धोनीले आईपीएलबाट सन्यास लिन लागेको चर्चा पनि विगत दुई वर्षदेखि चलिरहेको छ । तर, त्यो अनुमान अड्कालबाजीमा मात्रै सीमित देखिएको छ ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका धोनीले आईपीएलबाट सन्यास लिने अड्कालबाजीप्रति प्रतिक्रिया दिएका छन् ।
भारतीय पडकास्टर राज शमानीसँगको कुराकानीमा उनले सन्यासबारे गरिएको प्रश्नको जवाफ दिएका छन् ।
‘म अहिले आईपीएल खेलिरहेको छु । ४३ वर्षको भएँ, जुलाईमा ४४ वर्षको हुन्छु,’ धोनीले भनेका छन्, ‘यसपछि मैले आगामी एक वर्ष खेल्ने कि नखेल्ने भन्नेबारे मसँग १० महिनाको समय हुन्छ । तर, यसको निर्णय तपाईं गर्न सक्नुहुन्न । त्यसको फैसला तपाईंको शरीरले गर्छ ।’
भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० देखि नै सन्यास लिइसकेका छन् । उनी आवद्ध सीएसकेले जारी आईपीएलमा खेलेका चारमध्ये एक खेलमात्रै जितेको छ ।
धोनीले दिल्ली क्यापिटल्स (डीसी)सँगको खेलमा २६ बलमा ३० रन बनाएका थिए । उनी जुन क्रममा ब्याटिङ गर्न पिचमा आउँछन्, त्यसमा पनि क्रिकेटप्रेमीले सवाल उठाइरहेका छन् ।