Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस क्रिकेट संघले १० खेलाडीलाई राख्यो सेन्ट्रल कन्ट्रैक्टमा





काठमाडौं ।
मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट खेल्ने १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखेको छ । प्रदेशबाट खेलिरहेका र नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रैक्टमा नरहेका २ महिलासहित १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखेको हो ।
सम्झौताअनुसार संघले खेलाडीलाई जनही वार्षिक एक लाख २० हजार उपलब्ध गराउनेछ । मधेशका पूर्वकप्तान हरिशंकर साहसहित पवन सरार्फ, अभिषेक तिवारी, रोशन विक, अरनिको यादव, विशाल पटेल, प्रदीप पाशवान र रञ्जितकुमार सेन्ट्रल कन्ट्रैक्टमा जोडिएका छन् ।
महिलातर्फ रोजी कडारी र अलिशा यादवलाई संघले सेन्ट्रल कन्ट्रैक्टमा राखेको हो ।
खेलाडीको आवश्यक्ता अनुसार केही सहयोग मिलोस् भन्ने उद्देश्यले पहिलो चरणमा १० खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखिएको मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
क्यानबाट आउने र स्पोन्सरशिपलाई बचाएर खेलाडीलाई सेन्ट्रल कन्ट्रैक्टमा राखिएको उनले बताए ।