Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डा.बसन्त कर्णलाई कालोमोसो दल्ने प्रकरणः एकातिर क्याम्पस प्रशासनले रंग छयाप्ने असफल प्रयास गरिएको दाबी गर्दै अर्कोतर्फ प्रहरी प्रशासनले प्रमुखलाई कालोमोसो दलेको कोणबाट अनुसन्धान गर्दै

क्याम्पसको इतिहासलाई कलंकित बनाउने व्यक्तिलाई कडा भन्दा कडा कारबाहीका लागि त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिको माँग





जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका क्याम्पस प्रमुख प्रा. डा.बसन्त कर्णलाई कालोमोसो दलिएको फोटोले सामाजिक सञ्जाल भरिएको छ भने अर्को तर्फ क्याम्पस प्रशासनले प्रमुख माथि रंग छयाप्ने असफल प्रयास गरिएको दाबी गरेका छन् ।
क्याम्पस प्रशासनले डा. कर्णलाई केही मिडियाले चरित्रहत्याका लागि समाचार दिएको समेत दाबी गरेका छन् । क्याम्पस प्रशासनले कालोमोसो दलेको घटनै मान्न तैयार नरहेको विज्ञप्तिको आसय देखिएको छ ।


यता प्रहरी प्रशासनले क्याम्पस प्रमुखलाई कालोमोसो दलेको कोणबाट अनुसन्धान गरिरहेका छन् । धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिहेको बताएका छन् । घटनास्थलको सीसी क्यामराको माध्यमले कालोमोसो दलेको व्यक्तिको प्रहरीले खोजी गरिरहेको उहाँले बताएका छन् ।
क्याम्पस प्रमुखलाई कालोमोसो दलेको घटनाको चारैतिर आलोचना भइरहेको छ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह र सचिव डा. शिवेन्द्रलाभ कर्णले जारी गरेको विज्ञप्तिमा क्याम्पस प्रमुख कर्णलाई केही उच्छृंखल तथा अराजक व्यक्तिद्वारा लज्जास्पद, अभद्र तथा गैरकानुनी घटनाप्रति घोर भत्र्सना गरिएको छ ।
यस्तो घटना घटाएर राराब क्याम्पसको इतिहासलाई कलंकित बनाउने व्यक्तिलाई कडा भन्दा कडा कारबाहीका लागि सम्बन्धि निकायसँग इकाइ समिति माँग गरेको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
क्याम्पस प्रमुख कर्णलाई बिहिवार राराब क्याम्पसको साइन्स ब्लकमा केही व्यक्तिले कालोमोसो दलेका थिए ।
क्याम्पस प्रमुख डा.कर्णलाई कालोमोसो दलेपछि क्याम्पसका कर्मचारी रासबिहारीले घरबाट अर्को कपडा ल्याइ प्रमुखको कपडा बदलाएका छन् ।
राराबमा यसअघि प्रा. डा. विजयलाल कर्ण क्याम्पस प्रमुख भएको बेला कालोमोसो दलिएको थियो ।