Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार्यवाहक प्रधानमन्त्री सिंहले शिक्षकको प्रतिनिधिहरुसंग भेट्ने





काठमाडौं ।
आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने भएको छ ।
शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ । ‘हामीलाई सरकारको तर्फबाट बोलाइएको छ’, महासंघका एक पदाधिकारीले भने ।
बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । “सहमति पहिल्यै भइ सकेको हो । ऐन जारी गरियोस् हामी घर फर्किन्छौ,” आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “सहमतिका लागि मात्र वार्ता आवश्यक छैन ।”
यद्यपि, कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने नहुनेबारे निर्णय गर्न महासंघका नेताहरू छलफलमा छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।