Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन





एजेन्सी ।
बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले ८७ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेका हुन् ।
उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्मका लागि परिचित छन् । उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान हुन् ।
उनको वास्तविक नाम भने हरिकृष्ण गोस्वामी हो । उनको जन्म १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ । मनोज कुमारले धेरै देशभक्तिपूर्ण फिल्म गरे र ती यति हिट भए कि उनको नाम ’भारत कुमार’ रह्यो । यसैबीच उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।