Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा शिक्षकहरुको प्रदर्शन





काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् ।
शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।
नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।
महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार ¥यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् । ‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको ¥याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपिनु हुन्छ ।’
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ । प्रदेश प्रदेशबाट पनि १००÷१०० जना परिचालन गरिएको छ,’ उनले भनिन् ।