Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अन्तरिक्षमा कसरी हुन्छ महिनावारी व्यवस्थापन ?





पछिल्लो समय हरेक मानिसको सपनाजस्तै बनेको छ- अन्तरिक्ष उडान । कल्पिँदा जति रोमाञ्च र उत्साह छाउँछ तर त्यति सहज छैन अन्तरिक्ष यात्रा । अझ त्यहाँको लामो बसाइ त झनै सकसपूर्ण हुन्छ । सुत्न, खान, पानी पिउन र यताउता हिँडडुलका लागि धेरै कठिनाइको सामना गर्नुपर्छ ।

यस्तोमा अहिले विश्वभरका महिलामा एक प्रश्न छ, आखिर लामो समयसम्म अन्तरिक्षमा बस्ने महिलाले आफ्नो महिनावारीलाई कसरी व्यवस्थापन गर्छन् ? किनकि पृथ्वीमा जस्तो अन्तरिक्षमा गुरुत्वाकर्षण छैन । त्यहाँ शून्य गुरुत्वाकर्षणमा दैनिकी व्यतीत गर्नुपर्छ ।

सुनीता विलियम्स बुच विल्मोरका साथ ९ महिना १३ दिन अन्तरिक्षमा बसेर हालै फर्किएकी छन् । ८ दिनका लागि गएकी उनी अन्तरिक्षयानमा प्राविधिक खराबी आउँदा ९ महिनादेखि उतै रोकिइन् । त्यस क्रममा उनले भोगेका समस्या, कठिनाइ र अनुभव त बिस्तारै उनले खुलाउँदै जालिन् । तर अहिले भने यति लामो समयसम्म अन्तरिक्षमा बस्ने महिलाले आफ्नो महिनावारीलाई कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्नको जवाफ महत्त्वपूर्ण हो ।

पहिलोपटक महिलाले अन्तरिक्ष यात्रा गरेको सन् १९६३ मा हो । अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्, भ्यालेन्टिना तेरश्कोवा । त्यसयता अहिलेसम्म ९९ महिलाले अन्तरिक्ष यात्रा गरिसकेका छन् । त्यसमा कतिपय केही दिनका लागि थिए भने केहीले महिनौं बिताए । How is menstruation management in space?

महिनावारीका बेला महिलाले पृथ्वीमै अनेक जटिलता भोगिरहेका हुन्छन् । अन्तरिक्षमा पुगेपछि यो समस्याबाट पार पाउने त कुरै भएन । पानीको थोपासम्म तैरिने अन्तरिक्षमा खाना, बस्न, शौच गर्न, सामान्य हिँडडुल पनि सहज हुँदैन ।

महिनावारीका बेला शरीरबाट प्रवाहित हुने रगतको अवस्था के हुन्छ, त्यहाँ प्याड कसरी प्रयोग हुन्छ ? यस विषयमा महिला अन्तरिक्षयात्रीले आफ्नो अनुभव साझा गरेका छन् ।

महिलाले पाउँछन् दुई विकल्प
अमेरिकी स्पेस एजेन्सी नासाकी एक महिला अन्तरिक्षयात्री मार्गरेट रिया सेडनले एक मिडियासँगको अन्तर्वार्तामा यस विषयमा कुरा गरेकी छिन् । सोही मिडियामा दिइएको अन्तर्वार्तालाई उल्लेख गर्दै टाइम्स अफ इन्डियाले एक रिपोर्ट तयार पारेको छ । उक्त रिपोर्टअनुसार अन्तरिक्षमा महिनावारी भए/नभएको पत्ता लगाउन सबैभन्दा पहिला महिलाले कपडामा रगतको दाग लागे/नलागेको जाँच गर्छन् ।

How is menstruation management in space?

रिया अमेरिकी अन्तरिक्ष यात्री हुन् । सन् १९४७ नोभेम्बर ८ मा जन्मिएकी उनले अहिलेसम्म तीनपटक अन्तरिक्ष यात्रा गरेकी छिन् । १२ अप्रिल १९८५, ५ जुन १९९१ र १८ अक्टुबर १९९३ मा अन्तरिक्ष यात्रा गरेकी उनले त्यहाँ छँदाको महिनावारी व्यवस्थापनबारे आफ्नो अनुभव राखेकी छन् ।

उनी हाल नासाबाट रिटायर्ड भए पनि भेन्डरबिल्ट मेडिकल ग्रुपकी सहायक चिकित्सा दलकी मुख्य अधिकारी हुन् ।

महिनावारी हुँदा कपडामा रगतको दाग लागेको जाँच गर्नु, टेम्पोन फेर्नका लागि समयतालिका निर्धारण गर्नु र महिनावारी व्यवस्थापन गर्नु अन्तरिक्षमा सबैभन्दा सकसपूर्ण र तनावपूर्ण हुने उनको अनुभव छ । टेम्पोन कपासको कैयौं तहले बनेको औंला आकारको हुन्छ । जसले महिनावारीका बेला योनिबाट प्रवाहित हुने रगत सोस्न मद्दत गर्छ । यसलाई योनिको भित्र राखिन्छ ।

रोचक कुरा त के भने अन्तरिक्षमा जसरी पानी तैरिन्छ त्यसरी रगत भने तैरिँदैन । सोही कारण पनि शरीरबाट प्रवाहित हुने रगत शून्य गुरुत्वाकर्षणमा तैरिने जोखिमबाट भने मुक्ति पाइन्छ । तर महिनावारी हुँदा पृथ्वीमा देखिने अन्य समस्या भने त्यहाँ पनि कायमै रहन्छन् । How is menstruation management in space?

रियाका अनुसार खासगरी अन्तरिक्षमा महिलालाई महिनावारी व्यवस्थापनका लागि दुई विकल्प हुन्छन् । पहिलो हो, महिनावारीकै साथ अन्तरिक्षमा रहने । यसमा दुखाइ सहेर भए पनि महिनावारी व्यवस्थापन गर्छन् । रगत तैरिने नभएकाले सेनिटरी प्याडकै प्रयोग गर्छन् । पृथ्वीमा प्रयोग हुनेभन्दा अन्तरिक्षमा उपयुक्त हुने प्याड बनाइएको हुन्छ । अन्तरिक्षमा बस्ने समयावधिलाई हेरेर उनीहरुले त्यसलाई लैजान्छन् ।

अर्को सहज विकल्प हो, हार्मोनल कन्ट्रासेप्टिभ्स अर्थात् गर्भनिरोधक चक्कीको प्रयोग । यसले महिनावारीबाट बच्न सकिन्छ । तर महिनावारीकै साथ बस्ने कि गर्भनिरोधक चक्कीको प्रयोग गर्नेमध्येमा एक छनोट गर्ने अधिकार नितान्त महिला अन्तरिक्षमा निहित हुन्छ ।

गर्भनिरोधक चक्कीको प्रयोगले महिनावारी रोक्छ । तर यो दैनिक रुपमा प्रयोग गर्नुपर्छ । यो सुरक्षित र प्रभावकारी उपाय पनि हो । यसले महिलाको शरीरमा कुनै प्रकारको दुष्प्रभाव पार्दैन । जो मिसनको समयावधि र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रयोग गरिन्छ ।

(एजेन्सीहरुको सहयोगमा)