Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गुजरात टाइटन्स विजयी





अहमदाबाद । 

गुजरात टाइटन्सले शनिबार मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरी यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । मुम्बई पहिलो दुवै खेलमा पराजित भएको छ । मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पनि पराजित भएको थियो ।

टस हारेर ब्याटिङ निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । ओपनर साइ सुदर्शनले लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा ४१ बलमा ६३ रन जोडेका थिए ।

उनले ४ चौका र २ छक्का प्रहार गरे । कप्तान शुभमन गिल २७ बलमा ३८, जोस बटलरले २४ बलमा ३९ र सेरफन रदरफोर्डले ११ बलमा १८ रन बनाए । निलम्बनका कारण पहिलो खेल गुमाएका कप्तान हार्दिक पाण्ड्येले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

जवाफमा आएको मुम्बईले ६ विकेट गुमाई १ सय ६० रनमात्र बनाउन सक्यो । तिलक वर्माले ३६ बलमा ३ चौका र १ छक्कासहित ३९ तथा सूर्यकुमार यादवले २८ बल खेल्दै १ चौका र ४ छक्कासहित ४८ रन बनाए ।

नमन धिर र मिचेल सान्टनर दुवै समान १८ रनमा अविजित रहे । गुजरातबाट प्रसिद्ध कृष्णा र मोहम्मद सिराजले २–२ विकेट लिए । प्रसिद्धले ४ ओभरमा १८ रनमात्र खर्चेका थिए । सिराजले ४ ओभरमा ३४ रन दिएका थिए ।