Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्तरबृद्धिको माग गर्दै स्वास्थ्यकर्मीहरुले चैत २५गतेदेखि मधेसको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने





जनकपुरधाम ।
सिनियर अहेव तथा अनमी संघर्ष समितिले स्तरबृद्धिको माग गर्दै मधेसको मुख्यमन्त्री कार्यालय अगाडी अनिश्चितकालिन धर्ना दिने निर्णय गरेको । संघर्ष समितिको बैठक बसेर आफ्नो माग सम्बोधन गराउनकालागि दवाब दिने उद्देश्यले मुख्यमन्त्री कार्यालय अगाडी चैत २५ गतेदेखि शान्तिपूर्ण धर्ना दिने निर्णय गरेको हो ।
बैठकले इस्लाम धर्माबलम्बीहरुको रमजान पर्व तथा हिन्दु धर्माबलम्बीहरूको चैते दशैं तथा रामनवमी पर्वलाई ध्यानमा राखेर पूर्व निर्धारित धर्ना दिने कार्यक्रमलाई पछाडी धकेलिएको संघर्ष समितिका संयोजक मोहन साहले जानकारी दिए । संघर्ष समितिले आफूहरुको माग सम्बोधन नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरु स्थानीय सेवा ऐनमा रहेको त्रुटीका कारण आफूहरुको स्तरबृद्धि रोकिएको भन्दै आन्दोलित भएका हुन् । स्थानीय सेवा ऐन २०८१मा राखिएको प्रावधानका कारण आफूहरुको स्तरबृद्धि रोकिएको उनीहरुको आरोप छ ।