Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट ल, भारतका मनीष झालाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त





काठमाडौ ।

अस्ट्रेलियाका पूर्व ब्याटर स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

भारतका मनीष झालाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरिएको छ । अस्ट्रेलियाबाट १ टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको क्यानले जनाएको छ । झा मेमा हुने विश्वकप एसिया छनोटसम्म नेपाली महिला टोलीसँग रहनेछन् ।

सन् १९९४ देखि १९९९ सम्म अस्ट्रेलियाबाट खेलेका ५६ वर्षे स्टुवार्टसँग प्रशिक्षणको लामो अनुभव छ । उनी गत वर्ष अमेरिकामा भएको ट्वान्टी–२० विश्वकपमा अमेरिकाको प्रशिक्षक थिए । अमेरिकाले समूह चरणमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।

सन् २००९ मा उनी श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक भएका थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बने । त्यसबाहेक उनी इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक थिए ।