Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु





काठमाडौं ।

राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ ।

राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । ‘प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,’ उनले भने ।

‘हामी प्रदर्शनको भिडियो खिच्न सँगै घरमाथि चढेका थियौं । उनी छेउको चारतले घरमा थिए । हामी पाँचतले घरमा थियो,’ ह्वाइटखबर डटकमका सम्पादक विक्रम श्रेष्ठले भने, ‘ढुंगामुढा समेत हुन थालेपछि हामी भाग्यौं तर सुरेश निस्कन सकेनन् ।’

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे ।