Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

राजनीतिक दल नै सहभागी आन्दोलन यो हदसम्म पुग्छ भन्ने अनुमान थिएन : गृह मन्त्रालय





काठमाडौ ।

गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन यो हदसम्म जाने अनुमान नगरिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सहसचिव छविराज रिजालले एउटा राजनीतिक पार्टी संलग्न भएकोले यस्तो हदसम्म आन्दोजन जाने अनुमान नगरिएको बताएका हुन् ।

उनले भने, ‘एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अनुमान थियो ।’ सहसचिव रिजालले सुरक्षाकर्मीतर्फबाट निश्चित मापदण्डअनुसार बल प्रयोग गरिएको बताए ।

तीनकुनेमा शुक्रबार गरिने भनिएको सभामा सहभागी हुने क्रममा राजावादी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भइसकेको छैन् । झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका सहसचिव रिजालले जनाए ।

तीनकुनेमा गोली लागि घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा लगिएकामा मृत्यु भएको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।