काठमाडौ ।
राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छ ।
तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्याएका छन् ।
राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो । तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।