Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

राजावादीको प्रदर्शनस्थल रणमैदानमा परिणत, केही प्रदर्शनकारी र प्रहरी घाइते





काठमाडौँ ।
राजधानीको तीनकुने क्षेत्र रणमैदान बन्न पुगेको छ । दुई पक्षीय झडपसँगै प्रदर्शनकारीहरुले तोडफोडसंगै एक घरमा आगजनी गरेको दावी समेत गरिएको छ । यद्यपि आगलागी कसरी भयो भन्नेबारे स्पष्ट भएको छैन ।
तर, अहिले घरमा आगलागी हुँदै गर्दा दुई पक्षीय झडप जारी रहेको छ भने प्रहरीको अश्रुग्यास पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् ।
झडपमा दुबैतर्फ घाइते भएको जनाइएको छ । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका हुन् ।
वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो ।