Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

रौतहटको गरुडा नगरपालिकाको तरकारी बजारमा आगलागीबाट ७ पसल जले





रौतहट  ।

रौतहटको गरुडा नगरपालिका–४ स्थित तरकारी बजारमा आज आगो लाग्दा ७ पसलमा क्षति पुगेको छ ।

आगलागीबाट स्थानीय व्यापारीको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । आलगीबाट गरुडा–८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसल, जयमंगल चौधरीको फुसको खाजा पसल, राजेन्द्र साहको पसल, सुजितकुमार चौधरीको खाजा पसल, नेवालाल चौरसियाको किराना पसल, कृष्ण दासको कपडा पसल र कटहरिया–९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा आगो लागेको डीएसपी राजन कार्कीले जानकारी दिए ।

घटनामा १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगो निभाउन इलाका प्रहरी गरुडाको टोली खटेको थियो । पसलमा राखिएको ग्यास सिलिन्डर विस्फोट भएपछि आगोले ठूलो रूप लिएको थियो । स्थानीय र वारुणयन्त्रको मद्दतले झन्डै डेढ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।