Breaking 
लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो |

राजावादीको प्रदर्शनमाथि प्रहरी दमन, मञ्च ताकेर अश्रुग्याँस प्रहार

राजावादी नेताहरु प्रदर्शनकारीको संरक्षणमा, दूई जना गम्भिर घाइते





काठमाडौं ।
राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अश्रुग्याँस प्रहार गरेको घटनास्थलमा रहेका पार्टीका एक नेताले जानकारी दिए ।
‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ । जनसभा भाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो । घरका छतहरुबाट पनि मञ्चमा ताकेर ढुंगा प्रहार भएको छ । ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता हुन् थाहा छैन’, ती नेताले भने ।
राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए । उनी मञ्चमा उक्लिनासाथ ताकेर अश्रुग्याँस हानिएको थियो । त्यसपछि उनलाई स्वयम्सेवकहरुले सुरक्षित स्थानमा लगेका छन् ।
राप्रपाका नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत भने मञ्चमै छन्, तर उनीहरु असुरक्षित रहेको ती नेताले बताए ।
प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये दुई जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको थियो ।