Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादीको प्रदर्शनमाथि प्रहरी दमन, मञ्च ताकेर अश्रुग्याँस प्रहार

राजावादी नेताहरु प्रदर्शनकारीको संरक्षणमा, दूई जना गम्भिर घाइते





काठमाडौं ।
राजावादीको आन्दोलनमा प्रहरीले दमन गरेको छ । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अश्रुग्याँस प्रहार गरेको घटनास्थलमा रहेका पार्टीका एक नेताले जानकारी दिए ।
‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ । जनसभा भाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो । घरका छतहरुबाट पनि मञ्चमा ताकेर ढुंगा प्रहार भएको छ । ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता हुन् थाहा छैन’, ती नेताले भने ।
राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए । उनी मञ्चमा उक्लिनासाथ ताकेर अश्रुग्याँस हानिएको थियो । त्यसपछि उनलाई स्वयम्सेवकहरुले सुरक्षित स्थानमा लगेका छन् ।
राप्रपाका नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत भने मञ्चमै छन्, तर उनीहरु असुरक्षित रहेको ती नेताले बताए ।
प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये दुई जना गम्भीर घाइते बनेको मञ्चबाट जानकारी दिइएको थियो ।