Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादीको प्रदर्शनमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार





काठमाडौं ।
काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।