Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादीको रैलीमा पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन





काठमाडौँ ।
राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन गरिएको छ ।
उनीहरुले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् ।
यसअघि फागुन २५ गते पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतमा उत्रिएका बेलामा राजावादीहरुले योगी आदित्यनाथको फोटो बोकेका थिए । तर त्यतिबेला सरकारले नै घुसपैठ गराएर राजावादीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको थियो ।
उनीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंको तिनकुनेमा सभा आयोजना गर्दै छन् । सभामा सहभागी हुन विभिन्न स्थानबाट ¥याली सहित राजावादीहरु तिनकुने पुग्ने क्रम जारी छ ।
तिनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल समेत भएको थियो । सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो । अहिले अवस्था सामान्य छ । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।