Breaking 
भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी | डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा |

कुलमान र हितेन्द्रको मुद्दामा निर्णय भएन, अर्को पेशी आइतबार





काठमाडौँ ।
कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो ।
आज (शुक्रबार) उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासबाट जानकारी गराएका छन् ।
आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकोले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।