Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुलमान र हितेन्द्रको मुद्दामा निर्णय भएन, अर्को पेशी आइतबार





काठमाडौँ ।
कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दामा आज निर्णय भएन । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो ।
आज (शुक्रबार) उक्त मुद्दाको पहिलो बहस पछि न्यायाधीश मुसलमानले सरकारको कुरा पनि सुन्नुपर्ने भन्दै दुवै मुद्दालाई साथमै राखेर आइतबार सुनुवाइ गर्नुपर्ने जानकारी इजलासबाट जानकारी गराएका छन् ।
आज कुलमानको पेशी दोस्रो नम्बरमा थियो भने हितेन्द्रको पाँचौं नम्बरमा थियो । दुवै मुद्दाको विषय समान देखिएकोले साथै राख्नुपर्ने आदेश इजलासले सुनाएको हो ।