Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

राजावादी र गणतन्त्रवादीको प्रदर्शनस्थलमा सवारी साधन प्रवेशमा निषेध





काठमाडौं ।
आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरुले प्रदर्शन सुरु गरेका छन् ।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।
समाजवादी मोर्चाको प्रदर्शन स्थल भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा सवारी निषेध गरिएको छ । मोर्चाको रुट परेको कुपन्डोल–थापाथली–त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा अहिले सवारी पूर्णरुपमा बन्द छन् ।
मोर्चाले विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ ।