Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादी र गणतन्त्रवादीको प्रदर्शनस्थलमा सवारी साधन प्रवेशमा निषेध





काठमाडौं ।
आज काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरुले प्रदर्शन सुरु गरेका छन् ।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।
समाजवादी मोर्चाको प्रदर्शन स्थल भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा सवारी निषेध गरिएको छ । मोर्चाको रुट परेको कुपन्डोल–थापाथली–त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा अहिले सवारी पूर्णरुपमा बन्द छन् ।
मोर्चाले विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ ।