Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

समाजवादी मोर्चाको विरोधसभालाई चारै दलका शिर्ष नेताले सम्बोधन गर्ने





काठमाडौँ ।
समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डपमा आयोजना गरेको विरोधसभालाई चार दलका चार जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादले ले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्ने ती पार्टीका नेताहरूले बताएका छन् ।
चार दलका शीर्ष नेताहरुले मात्र सभालाई सम्बोधन गर्ने भएपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सभामा उपस्थित नहुने भएका छन् ।
‘पुनर्उत्थानवादकाविरुद्ध भएको आन्दोलनमा मेरो पूर्ण समर्थन हुने नै भयो । सभामा जान सक्ने अवस्था भएन’, खनालले भने, ‘सभामा चार जना नेताले मात्र सम्बोधन गर्ने भएपछि गइरहन जरुरी देखिनँ ।’
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने वक्ता धेरै राख्दा कार्यक्रम लामो हुने भएकाले छोट्याउन वक्ता थोरै राखिएको बताए ।