Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

परीक्षाको महिनामा आन्दोलन नगर्न शिक्षा मन्त्रालयको अनुरोध





काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ ।
‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो । शैक्षिक सत्रको अन्तिम महिनामा छौँ । परीक्षा र नतिजा सार्वजनिक गर्ने महिना हो’, शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।
तर, विभिन्न समूहले आन्दोलन घोषणा गरेका छन् । यसले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक चिन्तित भएका छन् । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको मन्त्रालयले जनाएको छ ।
‘विद्यार्थीको भविस्य बनाउने समय हो । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था छैन । एक वर्ष लस हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘परीक्षाको समयमा सबै जिम्मेवार र सजग भएर प्रस्तुत हुनुहुन्छ भन्ने अपेक्षा छ ।’
मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरि कुनै गतिविधि नहुने अपेक्षा लिएको छ । काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै आन्दोलन छ । यद्यपि, समाजवादी मोर्चको आन्दोलन भने एसईईका कारण १२ बजेपछि मात्र गर्ने निर्णय गरेको छ ।
आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।
काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।
तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् ।