Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु





हेटौंडा ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०/३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक भ्यान चालक कोइरालालाई उपचार गर्न चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो । त्यहाँ उपचारको क्रममा आज बिहान सवा चार बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

कोइरालाको मृत्यु भएपनि स्थानीयवासीले मनहरी बजारस्थित सडक अवरुद्ध पारेका थिए । अहिले सडक खुलिसकेको प्रहरीले जनाएको छ ।