Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार





काठमाडौ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ ।

इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको हो । नेपालमा सुक्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारतसरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए ।

उनले भने, ‘नेपाली जनतालाई चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।’

प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने आशंका गरिएको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत‍्का अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको मन्त्रालयले जनाएको छ ।