Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

प्रहरी नायब निरीक्षक खड्का घुससहित पक्राउ





बुटवल ।

प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उनलाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

सइ खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको दाबी छ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं–६ अन्तर्गतबाट आज नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।