जनकपुरधाम ।
मैथिली पुस्तक ‘खुशी– वीरेन्द्रक यात्राकथा’ अडियो बुकको रुपमा ल्याउने तैयारी भइरहेकोे छ । मैथिली भाषामा नेपालमा औपचारिक रुपले यसप्रकारको पुस्तक पहिलो आइरहेको छ ।
पत्रकार सुजीतकुमार झाको १७ कृतिको रुपमा रहेको यो पुस्तकको अडियो बनाउने काम अन्तिम चरणमा रहेको छ । पुस्तकको प्रकाशन मोडेल मल्टिपल कलेजले गरेको थियो । अडियो बुकको प्रकाशन पनि मोडेलले नै गरिरहेको छ ।