Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम उपमहानगरपालिकाको विशेष निर्णय, अलबिदा जुम्माका कारण शुक्रबार ८ कक्षाको परीक्षाको समय परिवर्तन

१ः३० को ठाउँमा २ः३० मा परीक्षा हुने





जनकपुरधाम ।
अलबिदा जुम्माका कारण जनकपुरधाम उपमहानगरपालिकाले भोलि शुक्रबार हुने ८ कक्षाको बोर्ड परीक्षाको समय परिवर्तन गरेको छ । मुस्लिमहरुले परीक्षाको समय सार्न अनुरोध गरेकाले सोही अनुरोधलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले विशेष निर्णय गरेको छ ।
परीक्षा समितिका सदस्य सचिव धीरेन्द्रलाल कर्णले ८ कक्षाको परीक्षाको समय परिमार्जन गर्न विद्यालयहरुमा पत्र पठाउनुभएको छ । सो पत्रमा डेढ बजेको स्थानमा अढाइ बजे परीक्षा सञ्चालन गर्न आदेशानुसार अनुरोध गरिएको छ ।
परीक्षा जस्तो सम्बेन्दनशील विषयमा जनकपुरधाम उपमहानगरपालिकाले पहिलोपटक यसप्रकारको निर्णय गरेको छ ।
मुस्लिम सांसदहरुले रोजाको बेला एसइइ परीक्षा नगर्न मधेश प्रदेशसभामा पनि आवाज उठाएका थिए तर राष्ट्रिय परीक्षा बोर्डले यसप्रकारको माँगको औचित्य नरहेको प्रतिक्रिया दिएपछि ती माँग त्यतिकै सेलाएको थियो ।