Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

जनकपुरधाम उपमहानगरपालिकाको विशेष निर्णय, अलबिदा जुम्माका कारण शुक्रबार ८ कक्षाको परीक्षाको समय परिवर्तन

१ः३० को ठाउँमा २ः३० मा परीक्षा हुने





जनकपुरधाम ।
अलबिदा जुम्माका कारण जनकपुरधाम उपमहानगरपालिकाले भोलि शुक्रबार हुने ८ कक्षाको बोर्ड परीक्षाको समय परिवर्तन गरेको छ । मुस्लिमहरुले परीक्षाको समय सार्न अनुरोध गरेकाले सोही अनुरोधलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले विशेष निर्णय गरेको छ ।
परीक्षा समितिका सदस्य सचिव धीरेन्द्रलाल कर्णले ८ कक्षाको परीक्षाको समय परिमार्जन गर्न विद्यालयहरुमा पत्र पठाउनुभएको छ । सो पत्रमा डेढ बजेको स्थानमा अढाइ बजे परीक्षा सञ्चालन गर्न आदेशानुसार अनुरोध गरिएको छ ।
परीक्षा जस्तो सम्बेन्दनशील विषयमा जनकपुरधाम उपमहानगरपालिकाले पहिलोपटक यसप्रकारको निर्णय गरेको छ ।
मुस्लिम सांसदहरुले रोजाको बेला एसइइ परीक्षा नगर्न मधेश प्रदेशसभामा पनि आवाज उठाएका थिए तर राष्ट्रिय परीक्षा बोर्डले यसप्रकारको माँगको औचित्य नरहेको प्रतिक्रिया दिएपछि ती माँग त्यतिकै सेलाएको थियो ।