Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चैत २१बाट आन्दोलनलाई सशक्त बनाउने राजावादीहरुको तयारी





काठमाडौँ ।
वर्तमान व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए ।
उनले चैत १६ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए ।
तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ । त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।
उनले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको समेत बताए ।